मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ५ सोमबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कात्तिक ८ बाटै क्लिन फिड लागू हुन्छ : सञ्चारसचिव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ५ सोमबार १२:०९:००

सञ्चारसचिव हरिप्रसाद बस्यालले समयमै क्लिन फिड लागू हुने बताएका छन्।

सोमबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले यही कात्तिक ८ गतेभित्र लागू हुने बताए ।

सञ्चारसचिव बस्यालले भने, ‘सञ्चार मन्त्रालयले विज्ञापनरहित प्रसारणका लागि सेवाग्राहीलाई आवश्यक निर्देशन दिएका पनि छौँ । मन्त्रालयले ०७७ कात्तिक ८ बाट क्लिन फिड लागू गर्ने तयारी गरेको छ, लागू गरिछाड्छ।’

विज्ञापन बोर्ड गठन गर्नका लागि हप्ता दिनभित्रै नियमावली पनि तयार हुने उनको भनाइ छ ।

बोर्डलाई चाहिने बजेट, जनशक्ति पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ। कात्तिक ८ गतेभित्र कर्मचारी नियुक्ति, पदाधिकारी नियुक्तिलगायतका काम सकिने गरी काम भइरहेको उनले बताए ।