मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ५ सोमबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई हेलिकाेप्टरमार्फत उद्धार

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १२:०१:००

अत्यधिक रक्तश्राव भएपछि बाग्लुङको गल्कोट नगरपालिका– ११ रिघाकी एक सुत्केरी महिलालाई हेलिकाेप्टरमार्फत उपचारका लागि उद्धार गरिएको छ ।  

आइतबार सुत्केरी बेथा लागेपछि स्थानीय रिघा स्वास्थ्य चौकीमा पुगेर बच्चा जन्माएकी २५ वर्षीया गौरी श्रीषको अत्यधिक रक्तश्राव भएपछि सोमबार बिहान उपचारका लागि हेलिकाेप्टरमार्फत गण्डकी अस्पताल पोखरामा लगिएको हो । 

श्रीषलाई रातको १ बजे बच्चा जन्मिएसँगै अत्यधिक रक्तश्राव, ज्वरो र बान्तासमेत भएका कारण खतरा बढ्दै गएकाले थप उपचारका लागि पोखरा पठाइएको रिघा स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी घर्ती श्रीषले जानकारी दिइन् । 

गलकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालयको समन्वयमा श्रीषलाई उद्धार गरिएको हो । 

दुर्गममा रहेका महिलाको ज्यान बचाउने उद्देश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा उद्धार गरिएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन् । 

पहाडी जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्यसम्बन्धी समस्या भएका महिलालाई हेलिकाेप्टरबाट उद्धार गरी अन्यत्र लैजानुपर्ने बाध्यता रहँदै आएको छ ।