मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज ५ सोमबार ०५:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्लिन फिड लागू गर्ने विषयमा पछि नहट्न विज्ञापन संघको आग्रह

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार ०५:४९:००

नेपाल सरकारको निर्णयसहित र संसद्बाट पारित भई राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएको क्लिन फिड लागू हुने विषयबाट पछि नहट्न नेपाल विज्ञापन संघले आग्रह गरेको छ ।

नेपाल राजपत्र खण्ड ६९ अतिरिक्तांक १५ मिति २०७६ कात्तिक ८ गते प्रकाशित भई कानुनी रूपमा अगाडि बढिसकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा उल्लेख भएअनुसार लागू गर्न संघले माग गरेको हो । 

क्लिन फिडलाई विवादमा पार्ने उद्देश्यले आएका समाचारमा केन्द्रित नहुन संघले  आग्रह गरेको छ । विज्ञापन बोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अगाडि बढाउनेमा विश्वस्त रहेको संघले जनाएको छ ।

 विधेयकमार्फत कानुनी रूपमा अगाडि बढिसकेको क्लिन फिड तोकिएकै मिति अर्थात् २०७७ कात्तिक ८ गतेदेखि लागू हुने संघले विश्वास व्यक्त गरेको छ ।