१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार ०५:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार ०५:२८:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ६ मा शाखा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको शाखा उद्घाटन गरेका हुन् । 

शाखाको उद्घाटन गर्दै मन्त्री ज्वालाले राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताएको जनाइएको छ । महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीवासीलाई थप बैंकिङ सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई उनले धन्यवाद दिएका थिए । 

बैंकले हाल ७७ जिल्लामै २ सय ४१ वटा शाखा, २ सय ५ एटिएम र ९३ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।