मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार ०४:५७:००
Read Time : < 1 मिनेट
अर्थ

सिद्धार्थ हस्पिटालिटीको सेवा मोबाइलबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार ०४:५७:००

सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ । सिद्धार्थले काठमाडौंदेखि पश्चिम महेन्द्रनगर र पूर्वबिर्तामोडसम्म देशका २४ स्थानमा मोबाइल एपमार्फत सेवा दिन थालेको हो । 

मोबाइलको प्ले स्टोर तथा एप स्टोरमा एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । एपबाट खानाका विभिन्न परिकार अर्डर गर्नेदेखि होेटेलका कोठाहरू बुक गर्न र अनलाइनबाटै संसारभरिबाट बिलको पैसा तिर्न सकिने जनाइएको छ ।

विदेशमा बस्नेले नेपालमा रहेका परिवार, आफन्त र साथीहरूलाई विभिन्न अवसरमा विभिन्न उपहार दिन यो एप सहयोगी हुने कम्पनीले जनाएको छ । सेवा प्रयोग गरेबापत खल्ती, इ–सेवा, भिसा र मास्टर कार्डको प्रयोग गरी स्वदेश तथा विदेशबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।