मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार ०५:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजिटल इकोनोमी कन्क्लेभमा अर्थतन्त्रको भविष्यबारे छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार ०५:१५:००

सूचना प्रविधिलाई विभिन्न क्षेत्रमा अंगीकार गर्दै अघि बढ्ने सन्दर्भमा १ कात्तिकमा ‘डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ आयोजना हुने भएको छ । अर्थतन्त्रको डिजिटलाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटलाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा ब्रान्डवर्थ प्रालिले कन्क्लेभ आयोजना गर्न लागेको हो । 

आयोजक संस्था ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले भने, ‘सुलभ इन्टरनेट सेवा तथा स्मार्ट फोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजिटलाइजेसनमा लैजाने अवसर दिएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटलाइजेसनको टड्कारो आवश्यकता औँल्याएको छ ।’  

कन्क्लेभमा विभिन्न विषयका विज्ञले उनीहरूको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरूद्वारा गर्नुपर्ने नीतिगत व्यवस्थालगायतबारे आफ्ना अनुभव र विचार आदान–प्रदान गर्ने जनाइएको छ ।