मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
व्यवसायी तुलसीराम अग्रवाल
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार ०५:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगी व्यवसायीलाई मानपदवी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार ०५:१३:००

नेपाल सरकारले संविधान दिवसको अवसर पारेर उद्योगी व्यवसायीलाई मान पदवी तथा अलंकार प्रदान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई सरकारले सुप्रवल जनसेवाश्री (तृतीय) प्रदान गरेको छ ।

त्यस्तै, अर्का व्यवसायी विमलमान श्रेष्ठललाई समेत सरकारले सोही पदवी प्रदान गरेको छ । व्यवसायीहरू त्रिभुवनधर तुलाधर, तुल्सीराम अग्रवाल, शंकरलाल अग्रवाललगायतले प्रवल जनसेवाश्री (चतुर्थ) पदक पाएका छन् ।

ज्योत्सना श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले जनसेवाश्री (पञ्चम) प्राप्त गरेका छन् । पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पाले राष्ट्र यशोबद्र्धक अलंकार पाएकी छन् भने व्यवसायी भरतराज आचार्यलाई जनसेवाश्री (पञ्चम) प्रदान गरिएको छ । प्रबल जनसेवा श्री चतुर्थ पाउने व्यवसायी तुलसीराम अग्रवाल एनआइसी एसिया बैंकका अध्यक्ष हुन् । उनी विशाल गु्रपका उपाध्यक्षसमेत हुन् ।