१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ असोज ४ आइतबार १२:३७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो खेलमै युनाइटेड स्तब्ध

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज ४ आइतबार १२:३७:००

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सुखद सुरुवात गर्न सकेन ।

प्रशिक्षक ओले सोल्सायरको प्रशिक्षणमा रहेको युनाइटेड शनिबार २०२०–२१ सिजनको आफ्नो पहिलो खेलमै क्रिस्टल प्यालेससँग ३–१ ले स्तब्ध भयो । 

हारसँगै युनायटेड अंक–तालिकाको १६औँ स्थानमा रह्यो । क्रिस्टल प्यालेस लगातार दुई जितका साथ चौथो स्थानमा छ । 

युनाइटेडको घरेलु मैदानमा सानदर जित दिलाउने क्रममा क्रिस्टलका बेल्फ्रेड जाहाले दुई र एन्ड्रोस टाउन्सेन्टले एक गोल गरेका थिए । 

खेलको सातौँ मिनेटमा एन्ड्रोसले जेसीको पासमा क्रिस्टललाई १–१ को अग्रता दिलाए । पहिलो हाफमा क्रिस्टल १–० ले अघि रह्यो । 

खेलको ७४औँ मिनेटमा पाहुना टोली २–० ले अघि बढ्यो । योपटक जाहाले पेनाल्टीमा गोल गरे । 

खेलको ८०औँ मिनेटमा भान डेले युनाइटेडलाई २–१ को अन्तरमा ल्याए । उनले डेब्यु खेलमा गोल गरेका हुन् । खेलको ८१औँ मिनेटमा जाहाले क्रिस्टललाई ३–१ को जित दिलाए । 

युनाइटेडको मैदानमा क्रिस्टलले पहिलो खेलमै हराएको यो पहिलोपटक हो । सन् २०१२–१३ को सिजनमा सिजनको पहिलो खेलमै युनाइटेड टोटनह्यामसँग पराजित भएको थियो । 

क्रिस्टल प्यालेसले ४० खेलपछि दुईभन्दा बढी गोलले जित दर्ता गऱ्याे । २०१८–१९ को सिजनमा क्रिस्टल प्यालेसले बार्नेमाउथलाई ५–३ ले हराएको थियो । 

युनाइटेडका गोलरक्षक डी जिया लगातार १८ पेनाल्टी रोक्न असफल भए । युनाइटेडका भान डे विक २०औँ खेलाडीका रुपमा डेब्यु खेलमा गोल गरे ।  

भिल्ला रियलको जित
स्पेनिस ला लिगामा शनिबार भिल्ला रियलले एल्बारलाई २–१ को अन्तरले पराजित गरेको छ ।

भिल्ला रियलको घरेलु मैदानमा जेरार्ड मोरेनो र पाकाले एक–एक गोल गरेका थिए । शीर्ष स्थानमा रहेको भिल्ला रियलले दुई खेलबाट चार अंक बटुलेको छ । 

यसैगरी भ्यालेन्सिया सेल्टा भिगोसँग २–१ ले पराजित भयो ।

सेल्टा भिगोलाई जित दिलाउने क्रममा इयागो आसप्सले दुई गोल गरे । भ्यालेन्सिुयाका लागि एक गोल म्याक्सिमिलानोले फर्काए । अर्को खेलमा गेटाफेले ओसासुनामाथि १–० को जित निकाल्यो । 

मोनोका पराजित
फ्रेन्च लिग वानको शीर्ष चारमा दाबेदारी दिने क्लब मोनाको रेनससँग २–१ ले पराजित भएको छ ।

खेलको अन्तिम दश मिनेट भित्र रेनसले दुई गोल गर्दा मोनाकोले स्पष्ट तीन अंक गुमाएको हो । 

खेलको २८औँ मिनेटमा मोनाकोका लागि वेन एडरले गोल गरेका थिए । खेलको ८१औँ मिनेटमा स्टेभिन एन्जोन्जीले गोल गर्दै रेनसलाई १–१ को स्थितिमा पुऱ्याए । 

खेलको ९०औँ मिनेटमा एड्रिनले रेनसलाई २–१ को जित दिलाए । जितसँगै रेनसले चार खेलमा १० अंक जोडेको छ । 

रेनस तालिकाको शीर्ष स्थनमा छ । मोनाको सात अंकका साथ पाँचौँ स्थानमा छ ।