मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार ०५:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जिओ फोर्डको  फोर्ड फेस्टिभ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार ०५:४४:००

नेपालका लागि फोर्ड गाडीहरूको अधिकृत विक्रेता जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड)ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । कम्पनीले स्क्र्याच कार्ड, ६ महिने इएमआई होलिडे र स्थगित भुक्तानी गरी तीन प्रकारको योजनामा कुनै एउटा छनोट गर्ने अवसरसहित योजना सार्वजनिक गरेको हो । 

योजनामा नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बिमाजस्ता थप लाभ पनि लिन सक्ने जनाइएको छ । योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रिस्टाइल र फोर्ड इकोस्पोर्टका भेरियन्टहरूमा उपलब्ध  रहेको कम्पनीले जनाएको छ ।

स्क्र्याच कार्ड
यो योजनामा ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्न सक्ने जनाइएको छ । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रुपैयाँ र बढीमा १ लाख ५० हजार रुपैयाँसम्म हुने जनाइएको छ । 

६ महिने इएमआई होलिडे
यो योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुनपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिने जनाइएको छ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुने र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजबापतको रकम तिरिदिने जनाइएको छ । यो योजनामा ग्राहकले एसेसोरिज र बिमा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

स्थगित भुक्तानी
यो योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्ने जनाइएको छ । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिने कम्पनीले जनाएको छ ।