मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ३ शनिबार १५:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमित इन्जिनियरको सवारी दुर्घटनामा मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार १५:५७:००

कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो होम आइसोलेसनमा बस्न मोटरसाइकलमा घर चितवनतर्फ जाँदै गरेका इन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, हेटौँडामा कार्यरत इन्जिनियरकाे शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– ३ स्थित नेवारपानी र मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाउँपालिका– ९ रजैयाको सिमाना खलंगामा उनी सवार ना.४९प २४०० नम्बरको मोटरसाइकललाई चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.३ख ९६६४ नम्बरको मिनीबसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

उपचारार्थ हेटौँडा ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भएकोले दाहसंस्कारबारे छलफल गर्न उनको परिवारलाई बोलाइएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।