१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ३ शनिबार ११:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पाल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार ११:०६:००

कोरोना भाइरस संक्रमणबाट पाल्पामा थप एकजनाको मृत्यु भएको छ । निमोनिया भएकी तानसेन नगरपालिका–१४ की ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

बुधबार अस्पतालमा उपचारका लागि आएको र कोरोनाको लक्षण देखिएपछि मेडिकल कलेजले पीसिआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो । उनको शुक्रबार बेलुका स्वाबको नतिजा पोजेटिभ आएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए । तीन दिनअघि उपचार गर्न अस्पताल आएपनि भर्ना गर्नुपर्ने बिरामीलाई आफन्तले अटेर गरी घर लगेका थिए ।

घरमा उनलाइ श्वास फेर्न गारो हुने र अवस्था चिन्ताजनक भएपछि शुक्रबार दिउँसो अस्पतालमा ल्याएएको डा. शाक्यले बताए । यसअघि कोरोना भाइरस संक्रमणबाट पाल्पामा चार जनाको मृत्यु भएको छ ।