१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ३ शनिबार १०:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघको चुनाव मंसिरमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ३ शनिबार १०:१७:००

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचन आगामी मंसिरमा गरिने भएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले ११–१२ मंसिरमा साधारणसभा गर्ने निर्णय गरेको हो । 

बैठकले सरकारको अनुमति लिएर काठमाडौंमै प्रत्यक्ष रूपमा चुनाव गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘साधारणसभा कसरी र कहिले गर्ने भन्ने विषयमा विभिन्न मतभेद र द्विविधाहरू थिए, पदाधिकारी बैठकले मंसिरमा प्रत्यक्ष रूपमै काठमाडौंमा चुनाव गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको छ,’ उनले भने, ‘यसबीचमा दसैँ, तिहार र छठसमेत पर्ने भएकाले मंसिरसम्म धकेलिएको हो ।’ पदाधिकारीको निर्णयलाई कार्यसमितिले अनुमोदन गर्ने उनले बताए । असोजको दोस्रो साता महासंघ कार्यसमिति बैठक बस्नेछ । 

यसअघि महासंघको आसन्न चुनावको ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले इ–भोटिङसहितका तीन विकल्प दिएको थियो । समितिले स्वास्थ्यका सबै प्रोटोकल पालना गरेर सबै क्षेत्रको चुनाव प्रत्यक्ष रूपमा काठमाडौंमा गर्न, जिल्ला नगरको चुनाव सम्बन्धित प्रदेशमा र बाँकी काठमाडौंमा प्रत्यक्ष गर्न तथा सबै क्षेत्रको निर्वाचन इ–भोटिङबाट गर्न सुुझाब दिएको थियो । कार्यदलको सुझाबलाई समेत समेटेर साधारणसभा र निर्वाचनको विषयमा निर्णय लिइएको ढकालले बताए । ‘साधारणसभा जुमबाट गर्ने र चुनावचाहिँ प्रत्यक्ष नै गर्ने निर्णय गरिएको छ,’ उनले भने ।