१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३ शनिबार ०८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान दिवस : भारत, चीनसहित अन्तर्राष्ट्रिय समुदायले पठाए शुभकामना सन्देश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३ शनिबार ०८:१२:००

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा छिमेकी भारत र चीनसहितका मुलुकले शुभकामना पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, चीन, संयुक्त राष्ट्रसंघलगायतबाट शुभकामना सन्देश प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाललाई शुभकामना पठाएका छन् । 

परराष्ट्रका अनुसार शुभकामना सन्देश पठाउनेहरूमा छिमेकी मुलुकहरूबाहेक भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमार, अष्ट्रेलिया, बेल्जियम, ब्राजिल, क्यानाडा, क्युवा, उत्तरकोरिया, दक्षिण कोरिया, इजिप्ट, फ्रान्स, लक्जम्बर्ग, नेदरल्यान्ड, निकारागुआ, फिलिपिन्स, पोल्यान्ड, कतार, रुस, साउदी अरेबिया, थाइल्यान्ड, होली सी, टर्की रहेका छन् । 

अमेरिका र बेलायतले भने शुभकामना पठाएका छैनन् । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरीले ट्विटरमार्फत् शुभकामना दिएका छन् ।