मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ३ शनिबार ०८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज संविधान दिवस : प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार ०८:१७:००

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सम्बोधनमार्फत उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।