१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका एजेन्सीको सहयोगमा
२०७७ असोज ३ शनिबार ०७:२२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडी भित्र्याउन कति खर्चे क्लबले ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, एजेन्सीको सहयोगमा
२०७७ असोज ३ शनिबार ०७:२२:००

इंग्लिस प्रिमियर र फ्रेन्च लिग वानसँगै युरोपमा २०२०/२१ को फुटबल सिजन सुरु भएको छ । नयाँ सिजनमा युरोपमा अहिले खेलाडी भित्र्याउने र बेच्ने क्रम चलिरहेको छ । रियल म्याड्रिडबाट गेराथ वेल टोटनह्याम आउने पक्का भएको छ । अहिलेसम्म इंग्लिस क्लब चेल्सी खेलाडी धेरै खर्च गर्ने सूचीमा छ । सिजनमा खेलाडी भित्र्याउन बढी खर्चेका सात क्लब यस्ता छन् । 

चेल्सी (२००.८८ मिलियन पाउन्ड)

प्रशिक्षक फ्र्यांक लाम्पार्डले* बलियो टोली खडा गर्न चेल्सीमा राम्रा खेलाडी भित्र्याउन २००.८८* मिलियन पाउन्ड खर्चेका छन् । रसियन धनाढ्य रोमनको स्वामित्वमा रहेको चेल्सीले बायर्न लेभरकुसेनबाट केई हाभेट्जलाई ७२ मिलियन पाउन्डमा सम्झौता गर्‍यो । यसैगरी जर्मन क्लब लेप्जिङका टिमो वार्नरसँग सम्झौता गर्न ४७.७ मिलियन पाउन्ड खर्च गर्‍यो । लेस्टर सिटीका बने कावेल ४५.१८ मिलियन पाउन्ड र एज्याक्सका हाकिम जियच अनुबन्ध गर्न चेल्सीले ३६ मिलियन पाउन्ड खर्चेको अवस्था छ । डिएगो कोस्टा तीन वर्षअघि* र अल्भारो मोराटा गत वर्ष* स्पेनिस क्लबमा अनुबन्ध हुँदा चेल्सीले राम्रै आम्दानी गरेको छ । 

बार्सिलोना (९२.७ मिलियन पाउन्ड)

पछिल्लो तीन साता बार्सिलोना कप्तान लियोनल मेसी अन्यत्र जाने विषयमै रुमल्लिएर बस्यो । यसबीच स्पेनिस क्लब बार्सिलोनाले खेलाडी भित्र्याउनमा अभियान जारी राख्दै ९२.७ मिलियन पाउन्ड खर्च गरेको छ । बार्सिलोनाले युभेन्ट्सका मिरालेम जानिक (५४ मि. पाउन्ड), ब्रागाका ट्रिन्का (२७.९ मिलियन पाउन्ड), पाल्मेरियसका म्याथ्युज फर्नान्डेस (६.३ मिलियन पाउन्ड) र लास पाल्मासका पेड्रीलाई (४.५ मिलियन पाउन्ड) मा भित्र्याएको छ । खेलाडी भित्र्याउन खर्च गरेको डाटाअनुसार बार्सिलोना दोस्रो स्थानमा छ ।

इन्टर मिलान (८१.४५ मिलियन पाउन्ड)

इटालियन क्लब इन्टर मिलान खेलाडी अनुबन्धमा त्यति धेरै रकम खर्च गर्नेमा खासै पर्दैन । यसपटक आश्चर्यजनक रूपमा मिलानले ८१.४५ मिलियन पाउन्ड खर्च गरेको छ । यस रकममा इन्टरमा रियल म्याड्रिडका अचाफ हाकिमी (३६ मि. पाउन्ड), कागिलारीका निकोलो बारेला (२२.५ मि पाउन्ड), सासुओलाका स्टेफानो सेन्सी (१८ मि. पाउन्ड), लुजेर्नका डारिएन मालेस (३.६ मि. पाउन्ड) र एस रोमामा एलेसान्डर कारारोभ (१.३५ मि. पाउन्ड)मा भित्रिएका छन् । प्रशिक्षक एन्टोनी कोन्टेले ट्रान्सफर मार्केटमा युवा खेलाडीलाई प्राथमिकतामा राखेका देखिन्छन् । गत र यस सिजनमा गरी कोन्टेले १५ नयाँ खेलाडी भित्र्याउन सफल भएका छन् । 

एटलेटिको म्याड्रिड (८१ मिलियन पाउन्ड) 

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड कहिलेकाहीँ नयाँ र राम्रा खेलाडी भित्र्याउन कन्जुस्याइँ गर्दैन । सदावहार डिएगो सिमोनीको प्रशिक्षणमा रहेको म्याड्रिड मध्यम खेलाडीकै भरमा ला लिगा उत्रने गर्छ । योपटक प्रशिक्षक सिमोनीले ८१ मिलियन पाउन्ड खर्चेका छन् । यसक्रममा सिमोनीले अल्भारो मोरोटा (५०.४ मिलियन पाउन्ड), डालानका यानिक कारास्को (२४.३ मि. पाउन्ड) र लोकोमोटिभाका इगो ग्राविक (६.३ मि. पाउन्ड) मा भित्र्याएका छन् । मोराटा र यानिक नै स्टार खेलाडीमा पर्छन् । गत सिजनमा एन्टोनियो ग्रिजम्यान ११४ मिलियनमा बार्सिलोनामा पुगेपछि म्याड्रिडले राम्रो आम्दानी गरेको थियो । 

बेनिफिका (७२ मिलियन पाउन्ड)

पोर्चुगलमा बेनिफिका ट्रान्सफर विन्डोमा सधैँ अगाडि रहने गर्छ । अघिल्लो वर्षको तुलनामा यसपटक बेनिफिकाले राम्रो लगानी गरेको छ । बेनिफिकाले नयाँ खेलाडी भित्र्याउँदा अल्मेरियाका डवाविन नुनेज (२१.६ मि.पाउन्ड), एभर्टका ज्रेमिनो (१८ मि. पाउन्ड), कोरिन्थासका पेड्रिन्हो (१६.२ मि. पाउन्ड) र फ्रेवर्गका लुका वाल्डा (१३.५ मि. पाउन्ड) र गिल्वर्टो (२.७ मि. पाउन्ड) खर्चेको अवस्था छ । समग्रमा बेनिफिकाले ७२ मिलियन पाउन्ड खर्च गरेको छ । 

म्यानचेस्ट सिटी (७१ मिलियन पाउन्ड)

प्रशिक्षक पेप ग्वार्डिओलाले गत सिजनमा इपिएल उपाधि रक्षा गर्न सकेनन् । उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गर्नकै लागि सिटीले यसपटक नयाँ खेलाडी भित्र्याउन ७१ मिलियन पाउन्ड खर्च गरेको छ । युरोपकै शक्तिशाली क्लब भए पनि ट्रान्सफर विन्डोमा सिटी कमजोर भएको अनुमान छ । यद्यपि सिटीले बर्नमाउथका नाथन आके (४०.७७ मि. पाउन्ड), भ्यालेन्सियाका फरान टोरेज (२०.७ मि. पाउन्ड), कारिटिवाका यान काउटो (५.४ मि. पाउन्ड) र जर्मन क्लब मेचेलेनका इसा कावोरे (४.५ मि. पाउन्ड) खर्चियो ।

युभेन्ट्स (६९ मिलियन पाउन्ड)

इटालियन फुटबलका लिजन्डर खेलाडी एन्ड्रे पिर्लोले प्रशिक्षण सम्हालेपछि युभेन्ट्सले केवल दुई खेलाडी मात्र ट्रान्सफर विन्डोमा भित्र्याएको छ । यी दुई खेलाडीका निमित्त युभेन्ट्सले ६९ मिलियन पाउन्ड खर्च गर्‍यो । बार्सिलोनाका अथुर (६४.८ मि. पाउन्ड) र साल्केका वेस्टोन म्याकनिक (४.५ मि. पाउन्ड)मा भित्र्याउन सफल भयो । वेस्टोन लोनमा आएका छन् । दुई मिडफिल्डरको आगमनमा युभेन्ट्सले फिनिसिङमा बलियो बनाउने विश्वास छ । 

*संशाेधन गरिएकाे