Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
विदुर पाैडेल सिन्धुली
२०७७ असोज ३ शनिबार ०६:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सिन्धुलीका तीन सय ५५ मुुसहर  परिवारलाई घर हस्तान्तरण

Read Time : < 1 मिनेट
विदुर पाैडेल सिन्धुली
२०७७ असोज ३ शनिबार ०६:०७:००

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार सिन्धुलीका तीन सय ५५ मुसहर परिवारलाई घर हस्तान्तरण गरेका छन् । शुक्रबार दुधौली नगरपालिका–११ पत्रिङ्गामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एकीकृत बस्तीमा बनेका घरको साँचो मेयर धनश्याम राउतलाई हस्तान्तरण गरेका हुन् ।

जनता आवास कार्यक्रमअन्तर्गत दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा गरी तीन सय ५१ घर निर्माण भएका छन् भने चार घर निर्माणको अन्तिम चरणमा छन् । संघीय र प्रदेश सरकारको लगानीमा घर निर्माण भएका हुन् । 

संविधान दिवसको अवसरमा संघीय सरकार र प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको जनता आवास कार्यक्रमअन्तर्गत घरहरू हस्तान्तरण गरिएको मुख्यमन्त्री पौडेलले बताए ।

सरकारले पहिलो चरणमा गरिबीको रेखामुनि रहेका सिन्धुलीका मुसहर समुदायका लागि घर निर्माण गरेको उनको भनाइ थियो । घर निर्माणका लागि बागमती प्रदेश सरकारले ११ करोड २२ लाख सात हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । अझै एक करोड ६ लाख ९२ रुपैयाँ खर्च लाग्ने जनाएको छ ।