मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार २०:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाले संविधान दिवसमा भाग नलिने, देशका मुख्य सहरमा विरोध कार्यक्रम गर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार २०:३७:००

जनता समाजवादी पार्टी (जसपा)ले  संविधान दिवसमा भाग नलिने भएको छ । संविधान अधुरो र अपूर्ण रहेको बताउँदै जसपाले संविधान संशोधनमा दबाब दिन देशका मुख्य सहरमा विरोध कार्यक्रम गर्न आह्वानसमेत गरेको छ । जसपाले विज्ञप्ति निकालेर सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

जसपाको प्रेस विज्ञप्ति जस्ताको तस्तै
जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोहलगायतका आन्दोलनहरूको वेलामा सरकारसँग भएका सम्झौताहरू, अन्तरिम संविधानमा भएका प्रावधानहरू, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयहरू तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपूरो एवम् त्रुटिपूर्ण संविधानले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जात–जाति एवं समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बाेधन गर्न सकेको छैन ।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशाेधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा उक्त दिन शान्तिपूर्ण विरोध कार्यक्रमहरू आयोजना गर्न आमजनसमुदाय एवं सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ ।