Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार १९:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शैक्षिक क्षेत्रका समस्या समाधान गर्न शिक्षामन्त्रीलाई विद्यार्थी संगठनहरूको सातदिने अल्टिमेटम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार १९:४०:००

विद्यार्थी संगठनहरूले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई मागपत्र बुझाएका छन् । संयुक्त  विद्यार्थी संगठनको तर्फबाट सातदिने अल्टिमेटमसहित माग सम्बोधनका लागि शिक्षामन्त्री पोखरेललाई शुक्रबार मागपत्र बुझाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

कोभिड– १९ सँगै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर नभएको, सरोकारवाला पक्षसँग छलफल नगरेको र विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिएको हुँदा गम्भीरतापूर्वक छलफल गरी निकास निकाल्न मागपत्र पेस गरिएको तिमल्सिनाले बताए । 

मागपत्रमा निजी विद्यालय तथा क्याम्पसहरूले अनलाइन कक्षाको नाममा अनियमित र गैरकानुनी रूपमा चर्को शुल्क उठाएकोले भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शिक्षण संस्थालाई कारबाही गर्नुपर्ने, सरकारले भर्ना गर्ने सार्वजनिक गरेको मितिदेखि मात्रै तोकिएको शिक्षण शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने, कोभिडको कारण अलपत्र परेका गरिब विद्यार्थीलाई जीविकोपार्जन र कोठाभाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गरिएको छ  । 


पोखरा, नेपाल संस्कृत, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी खाली हुँदा नीतिगत तथा दैनिक कामहरू अस्तव्यस्त भएकाले दलीय भागबन्डा नगरी खुला प्रतिस्पर्धाको आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न पनि माग गरिएको छ । 

साथै सरकारी छात्रवृत्तिलाई दोब्बर गरी वैज्ञानिक र व्यावहारिक मापदण्ड बनाई पारदर्शी ढंगले कार्यान्वयन गर्न, अन्य विषय उत्तीर्ण गरेका, तर गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्न, कक्षा ११ को भर्नामा मनपरी शुल्क असुल बन्द गर्न, सिटिइभिटीले प्रवेश परीक्षा नलिई जिपिएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसरी विद्यार्थी भर्ना गर्दा सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट वञ्चित हुने देखिएकोले उक्त सूचना तत्काल खारेज गरी सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना गर्ने, शिक्षण संस्थामा बनाइएका सम्पूर्ण क्वारेन्टिन हटाउन, शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाई कक्षा सञ्चालनको वातावरण बनाउन, कक्षा १२, क्याम्पस र विश्वविद्यालय तहका रोकिएका, नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाई क्रमशः तथा अन्तिम सेमेस्टरको परीक्षा यथाशीघ्र सञ्चालन गर्न पनि माग गरिएको तिमल्सिनाले बताए ।