१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २ शुक्रबार १९:०५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिल्सा नाका खोल्न हुम्ला उद्योग वाणिज्य संघको माग

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार १९:०५:००

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्ला उद्योग वाणिज्य संघले माग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ को संक्रमणले विगत ७ महिनादेखि बन्द हिल्सा नाकालाई सहज बनाउन आग्रह गरेको हो ।

नाका बन्द हुँदा व्यवसाय ठप्प रहेको व्यापारीहरुले बताएका छन् । चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिदा साना, मझौला, ठुला व्यवसाय आर्थिक संकटमा परेको र बैंकको ब्याजले सताएको हुम्ला उद्योग वणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए । दैनिक उपभोग्यवस्तुका साथै विकास निर्माणका सामान ल्याउन समस्या भएको तामाङको भनाइ छ ।

हिल्सा नाका बन्द हुँदा हुम्लास्थित होटेलहरुलाई झण्डै पाँच करोड घाटा भएको होटेल एसोसियसन हुम्लाका अध्यक्ष मिमबहादुर तामाङले बताए । भारतीय तिर्थयात्री नआएपछि प्रतिहोटल ६० लाखदेखि एक करोडसम्म घाटा भएको उनले बताए । नेपाल भ्रमण वर्ष २०२० मा १० देखि ११ हजार तिर्थयात्री मानसरोवर कैलाश दर्शनमा आउने सम्भावनालाई मध्यजनर गरेर लगानी बढाइएपनि लकडाउनका कारण समस्यामा परेको हुम्लाका होटेल व्यवसायी बताउँछन् ।