मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार १२:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

६ महिनापछि चल्न थाले लामो दूरीका सार्वजनिक गाडी [भिडियाे रिपाेर्ट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार १२:२४:००

कोरोना संक्रमण बढ्दो दरमै छ, तर महामारीबीच नजिकिँदै गरेको दसैँले मानिसको चहलपहल बढाइदिएको छ । कोरोनाकै कारण ६ महिनादेखि सञ्चालनमा रोक लगाइएका सार्वजनिक सवारीसाधन दसैँ आउन एक महिना बाँकी छँदा ग्यारेजबाट निकालिएका छन् । 

छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन खुलेपछि बिहीबार पहिलो दिन नै गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको चहलपहल देखियो । यात्रुहरू काउन्टरमा पुगेर आफ्नो गन्तव्यमा छुट्ने गाडीबारे जानकारी लिँदै थिए । ६ महिनापछि सञ्चालनमा आएको पहिलो दिन नै छोटो तथा मध्यम दूरीमा चल्ने २० प्रतिशत सार्वजनिक सवारीसाधान गन्तव्यका लागि छुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।