१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २ शुक्रबार ०९:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा शुक्रबार १९ जना कोरोनामुक्त, कोरोना जित्नेको संख्या एक सय ७२  पुग्यो 

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार ०९:१८:००

लमजुङमा शुक्रबार १९ जना कोरोनामुक्त भएका छन् । योसँगै जिल्लामा  कोरोना जितेर घर फर्कनेको संख्या एक सय ७२ पुगेको छ ।

शुक्रबार संक्रमणमुक्त हुनेमा बेसीसहर नगरपालिकाका १३ जना, सुन्दरबजार, राइनास नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका एक–एक गरी तीनजना रहेका छन् ।

यस्तै गोरखा पालुङटार नगरपालिका– ४ का एक पुरुष र सिरानचोक गाउँपालिका– २ का एक महिला पनि कोरोनामुक्त भएका छन् भने नवलपरासी कावासोती नगरपालिका– ४ सुस्तापूर्वका एक पुरुषले पनि कोरोनालाई जितेका छन् ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसन र सहरी विकासको भवन सहजीको आइसोलेसनमा रहेका संक्रमितलाई शुक्रबार डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

जिल्लामा पिसिआर परीक्षण गर्दा पहिलोपटक विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । पछिल्लो समय समुदायस्तरमा तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्दा १४ दिनको शिशुदेखि ७५ वर्षको उमेरसम्मका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा हालसम्म ६५ महिला र दुई सय ५६ पुरुष गरी तीन सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।  संक्रमितमध्ये ३० जना महिला र एक सय ४२ पुरुष गरी एक सय ७२ जना निको भएर घर फर्किएका छन् । हाल जिल्लाका आइसोलेसनमा एक सय ४९ संक्रमित रहेका छन् ।