Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार ०७:३८:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसी एसिया बैंकले  भाका नाघेका कर्जाको ब्याजमा छुट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार ०७:३८:००

एनआइसी एसिया बैंकले २०७७ असोज मसान्तका लागि सहुलियत योजना ल्याएको छ । बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साबिकको ब्याजदर घटाई ८.९९ प्रतिशत ब्याजदर कायम गर्ने योजना ल्याएको हो । 

यस बैंकबाट प्रवाह भएका कुनै पनि कर्जा उपभोग गरेका ग्राहकले यो सुविधा पाउने बैंकले जनाएको छ । बैंकले आफ्नै प्रयासबाट ऋणीका लागि देशको बैंकिङ इतिहासमै पहिलोपटक कर्जामा आकर्षक छुटको व्यवस्था गरेको दाबी गरेको छ ।

नेपालको बैंकिङ इतिहासमा दुर्लभ रूपमा उपलब्ध भएको ब्याज सहुलियत योजनाको फाइदा उठाउन सबै ऋणीलाई बैंकले आग्रह गरेको छ ।  बैंकले देशभरमा ३ सय २६ शाखा, ४ सय ६७ एटिएम, १ सय २ एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको जनाएको छ ।