मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २ शुक्रबार ०६:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमद्वारा संविधान दिवसको अवसरमा अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २ शुक्रबार ०६:४६:००

नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस)को अवसर पारेर अफर घोषणा गरेको छ । कम्पनीले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराएको हो । 

असोज २ देखि ४ गतेसम्म अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकका रूपमा १५ रुपैयाँमा १ जिबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुने जनाइएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने १ जिबी परडे डाटा प्याक ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसका अवसरमा यसमा ३४.७ प्रतिशतको छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । जसअनुसार असोज २ देखि ४ गतेसम्ममा यो प्याक ५ सय ५५ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।