१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज २ शुक्रबार ०५:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको नयाँ ब्याजदर

Read Time : < 1 मिनेट
२०७७ असोज २ शुक्रबार ०५:१५:००

नबिल बैंकले दसैँ, तिहार, छठजस्ता चाडपर्वको अवसर पारेर व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले विभिन्न किसिमका कर्जामा नयाँ ब्याजदरको योजना ल्याएको हो । 

बैंकले आफ्ना ग्राहकले मिहिनेतले कमाएको रकम राख्ने व्यक्तिगत मुद्दती खातामा उच्च ब्याजदर प्रदान गरेर कोभिड–१९ प्रभावित अवस्थामा आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्‍याउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।

योजनाअनुसार १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाइएको छ । त्यस्तै, १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याज दिने जनाएको छ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । 

बैंकले विभिन्न प्रकारका कर्जामा नयाँ ब्याजदर कायम गरेको र यसले ग्राहकलाई राहत हुने विश्वास लिएको जनाएको छ । जसअनुसार घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत र साना तथा मझौला कर्जामा १ करोड रुपैयाँसम्म लिएमा ७.४९ र १ करोड रुपैयाँभन्दा बढी लिएमा ७.९९ प्रतिशत ब्याजदर कायम गरेको बैंकले जनाएको छ ।

ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने जनाइएको छ । बैंकले १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।