१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असोज १ बिहीबार २०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असोज १ बिहीबार २०:०८:००

सीमा सुरक्षाका लागि महोत्तरीको बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना गरिएको छ । प्रदेश– २ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गणको बिहीबार एक कार्यक्रमबीच बाहिनीपति डिआइजी कृष्णभक्त ब्रह्मचार्यले उद्घाटन गरे । 

रिजर्भ गणले खास गरी सीमा नाकाको सुरक्षा, व्यवस्थापन र जनशक्ति परिचालनका लागि काम गर्न भन्दै २९ असारमा संघीय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । गणले विपत् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरूबारे काम गर्ने र प्रदेश–२ को बर्दिबास र बारामा एसपीको नेतृत्वमा रिजर्भ गणको स्थापना भएको बाहिनीपति ब्रह्मचार्यले बताए । 

बर्दिबासस्थित गणमा एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना परिचालन हुनेछन् । गणले सीमामा थपिने बिओपीहरूमा जनशक्ति परिचालन र व्यवस्थापन गर्ने रिजर्भ गणका एसपी बुढाथोकीले बताए ।
 
प्रदेश २ का आठवटै जिल्ला सीमासँग जोडिएका छन् । प्रदेशभर ४ सय ६४ किलोमिटरको नेपाली भूभाग भारतसँग जोडिएको छ । आठ जिल्लाबाट भारत प्रवेश गर्ने दुई सय ४६ ठूला–साना सिमानाका रहेका छन् । सीमा सुरक्षाका लागि प्रदेश २ अन्तर्गत सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ बिओपीहरू थप गरिने प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।