मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १ बिहीबार १९:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बेल टोटनह्याममा जाने पक्का 

Read Time : < 1 मिनेट
२०७७ असोज १ बिहीबार १९:११:००

स्ट्राइकर गेराथ बेलले आफ्नो चाहना पूरा गर्ने भएका छन् । बेल शुक्रबारसम्म टोटनह्याममा आबद्ध भइसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ । रियल म्याड्रिडमा प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध बिग्रँदा बेलको सान्टिएगो बर्नावेउमा स्थान सुरक्षित नभएको हो । 

प्रशिक्षक जिदानले पनि पाका र पुराना खेलाडी बिक्रीमा रहेको जनाउँदै बेलको बारम्बार अपमानसमेत गर्दैआइरहेका छन् । जिदानले बेललाई इंगित गर्दै यस्तै शब्द हरेक वर्ष प्रयोग गर्छन् । यसपटक बेल आफैँ खेलाडी किनबेच समयमै टोटनह्याम जाने घोषणा गरे । यसलाई एजेन्टमातर्फ सफल पनि पारेका छन् । 

२०१३ मा रियलले टोटनह्यामबाट बेललाई विश्वकीर्तिमानी रकम आठ करोड ६० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । टोटनह्यामा रहँदा बेलले २०३ खेलमा ५६ गोल गर्नुका साथै ५८ पटक गोलका लागि असिस्ट गरेका थिए । यसै प्रदर्शनका कारण नै रियल उनीप्रति सात वर्षअघि लोभिएको थियो । २०१२–१३ को सिजनमा बेलले प्लेयर अफ द एयरको उपाधि जितेका थिए । यसैगरी पिएफएको युवा वर्ष खेलाडीको उपाधि पनि यसै वर्ष हात पारे ।

एजेन्सीका अनुसार बेल एक वर्ष लोनमा टोटनह्यामसँग आबद्ध हुन लागेका हुन् । बिहीबार रियलको प्रशिक्षणमा सहभागी हुँदै उनले साथीहरूसँग बिदा लिएको स्पेनिस पत्रिकाहरूले जनाएका छन् । रियल म्याड्रिडमा रहँदा बेलले चार युरोपियन च्याम्पियन्स लिग तथा स्पेनिस ला लिगा उपाधि जितेका छन् ।

प्रशिक्षक जोसे मोउरिन्हो म्यानचेस्टर युनाइटेडमै रहँदा पनि बेललाई भित्र्याउने प्रयास गरेका थिए । त्यसवेला बेललाई ल्याउने उनको प्रयास सफल भए । यसपटक भने आफ्ना मन पर्ने खेलाडी भित्र्याउन पाउँदा प्रशिक्षक माउरिन्हो दंग छन् ।

बेलको आगमनसँगै टोटनह्यामको फिनिसिङ बलियो भएको उनी मान्छन् । ‘बेललाई स्वागत गर्न सबै तयार छन्, सम्भवत हामीहरूको अग्रपंक्ति बलियो भएको छ,’ माउरिन्होले भने ।