१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार १४:०५:००
Read Time : < 1 मिनेट
अर्थ

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सजिलो माध्यम ‘सापटी सेवा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार १४:०५:००

बैंक तथा वित्तीय संस्था र ऋणीबीच सहजीकरण गर्न ‘सापटी सेवा’ नामक संस्था स्थापना भएको छ । जसले बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्न चाहनेका लागि सहजीकरण गरिदिनेछ ।

आवश्यक धरौटी राख्छु भन्दा पनि धेरैले सहज रूपमा कर्जा पाइरहेका हुँदैनन् । भनेका वेला कागजपत्र तयार नहुने तथा बैंक तथा वित्तीय संस्थाका विभिन्न सर्त र नियमका कारण सेवाग्राहीले कर्जा निकाल्न झन्झट व्यहोर्दै आएका छन् । त्यसैले विदेशी अभ्यास र प्रविधिलाई पछ्याएर ‘सापटी सेवा’ कम्पनीको स्थापना गरेको सञ्चालक सफल वाग्लेले बताए । ‘यो कम्पनीले बैंक तथा वित्तीय संस्था तथा ऋणीबीच पुलको काम गर्छ । ‘प्रचलित ऐन नियमअनुसार सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने भए लिई विभिन्न बैंक तथा वित्तीय संस्थासँग साझेदारी, सहकार्य गरी व्यक्तिगत एवं संस्थागत कर्जा प्रवाह गर्न सहयोग पुर्‍याउँछ,’ उनले भने । 

कर्जा लिन चाहनेले ‘सापटी सेवा’को वेबसाइटमा गएर चाहेको संस्थाका लागि अनलाइन फारम भर्न सक्ने उनले बताए । वेबसाइटमा विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकतमदेखि न्यूनतम कर्जा तथा साँवा–ब्याजबारे उल्लेख गरिएको छ । त्यसकै आधारमा सेवाग्राहीले फारम भरी कर्जा लिन चाहेमा ‘सापटी सेवा’ले सहजीकरण गर्नेछ । घरमै बसेर प्रविधिको उपयोग गरी आफ्नो व्यापार व्यवसाय तथा अन्य प्रयोजनका लागि चाहेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने उनले बताए ।