मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १ बिहीबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी विद्यालयको शुल्क तिर्न अभिभावकलाई गाउँपालिकाकाे आग्रह

Read Time : < 1 मिनेट
२०७७ असोज १ बिहीबार १३:५५:००

निजी विद्यालयमा सन्तानलाई पढाएबापतको शुल्क तिर्न झापाको एक गाउँपालिकाले विज्ञप्ति निकालेर अभिभावकलाई आग्रह गरेकाे छ । 

०७६ सालको सबै शुल्क चुक्ता गर्न बुद्धशान्ति गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर अभिभावकलाई आग्रह गरेकाे हो । कोरोना महामारीका कारण विद्यालय बन्द भए पनि गाउँपालिकाले नै अभिभावकलाई पैसा तिराउन अग्रसरता लिएकाे हो । 

गाउँपालिकाभित्रका कुनै पनि निजी विद्यालयले ०७६ को वार्षिक परीक्षा गरेकै छैनन् । गाउँपालिका अध्यक्ष रमेश भुजेलले बुधबार निजी विद्यालयको सबै शुल्क चुक्ता गर्न भन्दै विज्ञप्ति जारी गरेका हुन् । पुरानो बक्यौता भुक्तानी गरेर छोराछोरीलाई नयाँ शैक्षिक सत्रको वैकल्पिक शिक्षामा सहभागी गराउन उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । अध्यक्ष भुजेलका अनुसार बुद्धशान्ति गाउँपालिकाभित्र १७ वटा निजी विद्यालय छन् । 

निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन बुद्धशान्तिले दिएको निवेदनको आधारमा विज्ञप्ति निकालिएको अध्यक्ष भुजेलले बताए । तर, विज्ञप्ति निकालेर गल्ती गरेको उनले स्वीकार गरेका छन् । 

‘निजी विद्यालयका शिक्षकले तलब पाएनौँ भनेर गुनासो गरेपछि सञ्चालकलाई बुझ्दा अभिभावकले भुक्तानी नगरेको भन्ने बुझेँ । सहयोग नै गर्ने दृष्टिकोणले विज्ञप्ति निकालिएको हो,’ उनले भने, ‘तर, अहिले बुझ्दा परीक्षा नै गरेको रहेनछ । यसरी त नपाउने रहेछ । मैले पनि नबुझी विज्ञप्ति निकालेँ । अब सच्याउँछु ।’