Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार १२:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सचिवालयका एकजनामा कोरोना देखिएपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार १२:५५:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना भाइरसको कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । 

आफ्नो निजी सचिवालयमा कार्यरत एकजनामा कोरोना पाेजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बस्न थालेका हुन् । 

सचिवालयमा कार्यरत अन्य चारजनाको पिसिआर परीक्षण भने नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । 

सभापति देउवाको शुक्रबार स्वाब संकलन गरिने उनका सहयोगी भानु देउवाले जानकारी दिए । 

देउवा होम आइसोलेसनमा बसेकाले बिहीबार तय भएको सत्तारुढ पक्ष र प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ ।

देउवाको कोरोना परीक्षणको नतिजा आएपछि मात्र बैठक अघि बढ्ने भानु देउवाले जानकारी दिए ।