१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार ०५:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको चाडपर्व अफर ‘जोड्दै खुसी, सजाऔँ जिन्दगी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार ०५:४१:००

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘जोड्दै खुसी, सजाऔँ जिन्दगी’ फेस्टिबल अफर सुरु गरेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दैे कम्पनीले ‘जोड्दै खुसी, सजाऔँ जिन्दगी’ अफरअन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरूमा अधिकतम ३५ प्रतिशतसम्मको छुट दिने अफर ल्याएको छ । 

कम्पनीले यो अफर टिभी, रेफ्रिजेरेटर र वासिङमेसिनको खरिदमा लागू हुने जनाएको छ । कम्पनीले सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादनहरू खरिद गर्ने वैकल्पिक सुविधा प्रदान गरेको जनाएको छ ।

सामसङले टिभीहरूमा दुई वर्षको वारेन्टी प्रदान गरेको जनाएको छ । त्यस्तै, डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरूबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरू निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ ।

सामसङ सम्पूर्ण आदरणीय उपभोक्तालाई चाडपर्वहरूमा सुरक्षित रहेर मनाउन कम्पनीले आग्रह गरेको छ । फेस्टिबल अफर असोज १ गतेदेखि  कात्तिक ३० गतेसम्म नेपालभर लागू हुने जनाइएको छ ।