मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ३१ बुधबार १८:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशनपछि पार्टीको संरचना छरितो हुनुपर्छ : वरिष्ठ नेता नेपाल

Read Time : > 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १८:२३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीमा फरक मत राखेको नभई सुझाब प्रस्तुत गरेको स्पष्ट पारेका छन् । 

पार्टीभित्र सहमति भइसक्दासमेत असन्तुष्टि जनाएका नेपालले सहमतिलाई अझ बढी जोड दिन आफूले १७बुँदे सुझाब प्रस्तुत गरेको बताएका छन् । 

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले स्थायी कमिटीका अन्य सदस्यहरूले पनि लिखित र मौखिक रूपमा सुझाब दिएको उल्लेख गर्दै आफूले राखेका विषयहरूलाई पनि सुझाबका रूपमा लिनुपर्ने बताए । 

आफूले राखेको सुझाबले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम् उद्देश्यलाई साकार पार्न सहयोग गर्ने उनको विश्वास छ । अधिकतम् उद्देश्यलाई पूरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफूले सहमतिलाई मजबुत बनाउन र अझ बढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाब प्रस्तुत गरेको उनले स्पष्ट पारे । 

नेपालले महाधिवेशनपछि बन्ने पार्टीका संरचना छरितो हुनुपर्ने बताएका छन् । उनले पार्टीका विभिन्न संगठन तथा कमिटीहरू छरितो भए मात्रै संगठन गतिशील हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताए । उनले  ‘जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थाले हुन्छ । टाउको ठूलो भुँडी ठूलो भयो भने त्यो मान्छे रोगी हो भनेर बुझ्नुभए हुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ र खुट्टा बलियो छ भने त्यसले जस्तोसुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतीको सामना गर्न सक्छ । पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुऱ्याे, जिउ स्लिम हुनुपऱ्याे, कमिटीहरु स्लिम हुनुपऱ्याे ।’ 

नेपालले २५ भदौमा स्थायी कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गरे । साथै उनले आफूले लामो समयदेखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएकोसमेत बताए ।