मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३० मंगलबार २०:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विशेष अदालतमा दायर हुने मुद्दामा अभियुक्तको फोटोसहितको विवरण राख्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३० मंगलबार २०:१८:००

विशेष अदालतमा दायर हुने मुद्दामा अभियुक्तको तस्बिरसहितको विस्तृत विवरण राख्नुपर्ने भएको छ । विशेषले यस सम्बन्धमा सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।  उपरजिष्ट्रार इन्द्रकुमार खड्काका अनुसार कानुनमा यो व्यवस्था भए तापनि सम्बन्धित निकायले यी यस्ता जानकारी पेस नगर्ने हुँदा ती संस्थालाई परिपत्र गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विशेष अदालतले यससम्बन्धी पत्राचार  गरेको छ । दुई वर्ष अघिदेखि लागू भएको मुलुकी फौजदारी संहितामा अभियोगपत्रका साथ पेस गर्नुपर्ने कागजातहरूबारे उल्लेख रहे पनि यी यस्ता जानकारी पेस गर्ने प्रचलन थिएन । त्यसैकारण पत्राचार गरिएको खड्काले बताए । 

मुलुकी फौजादारी कार्यविधि संहिताको दफा ३२ को १ मा सरकारी वकिलले अभियुक्तको विवरण पेस गर्नुपर्ने उल्लेख छ । विभिन्न १४ किसिमका विवरण अदालतमा पेस गर्नुपर्ने भनिएको छ ।  जसअनुसार अभियुक्तको नाम, थर र वतनका साथै आमा, बाबु वा पतिपत्नीको नामसमेत उल्लेख गर्नुपर्ने हुन्छ । उक्त दफाको (घ) मा, ‘अभियुक्तको वास्तविक पहिचान हुने विवरण, निजको फोटो, नागरिकता वा राहदानी, सवारीचालक इजाजातपत्र वा निजको वास्तविक परिचय खुल्ने अन्य कागजको प्रतिलिपि,’ पेस गर्नुपर्ने भनिएको छ ।

यी यस्ता कागजातका साथ यिनको विस्तृत विवरण पनि अभियोगपत्रमा संलग्न हुनुपर्ने परिपत्र गरिएको हो । विशेष अदालतले राज्यविरुद्धको अपराध र सजाय ऐन, अख्तियार दुरुपयोग अनुसन्धानआयोग ऐन र भ्रष्टाचार निवारण ऐनअन्तर्गतका मुद्दाको न्यायिक निरुपण गर्दै आएको छ । यसका साथै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गतका मुद्दा पनि विशेषको कार्यक्षेत्रभित्र पर्छ ।