१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ३० मंगलबार १६:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्राधिकरणका कर्मचारीले गरे उज्यालोका सारथि कुलमानकाे बिदाइ (तस्बिरसहित)

Read Time : < 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १६:३६:००

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदाइ भएका छन् । 

सरकारले उनको कार्यावधि नथपेपछि उनी मंगलबारदेखि बिदा भएका हुन् । 

देशलाई लोडसेडिङमुक्त बनाई विद्युत् जडान गरेका घरघरमा नियमित बिजुली आपूर्ति गर्ने मुख्य दायित्व उनले यस कार्यकालमा निर्वाह गरेका थिए । 

सरकारले उनलाई २९ भदौ २०७३ मा प्राधिकरणको कार्यकारी  निर्देशकमा नियुक्त गरेको थियो । 

आफ्नो बिदाइ मन्तव्यमा घिसिङले लोडसेडिङले आक्रान्त देशलाई अन्धकारमुक्त बनाएको उनले बताएका छन् ।

साथै उनले आफू नियुक्त हुने वेला प्राधिकरण आर्थिक अवस्थामा सुधार ल्याएको, विद्युत् चुहावट नियन्त्रण गरेको जनाएका छन् ।

घिसिङले आफ्नो यस कार्यकालमा अधिकतम रूपमा ऊर्जा क्षेत्रको सुधारका लागि केन्द्रित रहेको पनि जनाएका छन् ।