मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३० मंगलबार १६:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानका पूर्वउपकुलपति दासविरुद्ध सात करोड ७१ लाख अकुत सम्पत्ति भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३० मंगलबार १६:१५:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्वउपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । 

उनले सात करोड ७१ लाख ९२ हजार आठ सय ६० रुपैयाँ अवैध सम्पत्ति कमाएको दाबीसहित आयोगले मुद्दा दायर गरेको छ ।  

उनीसँग १५ करोड ३२ लाख तीन सय ५० रहेको र त्यसमा सात करोड ७१ लख ९२ हजार रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ ।   

आयोगले उनकी श्रीमती पुनम दासलाई प्रतिवादी बनाएको छ ।