१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ३० मंगलबार ०६:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा एकैदिन एक सय ६९ जना कोरोनामुक्त

Read Time : < 1 मिनेट
२०७७ भदौ ३० मंगलबार ०६:३७:००

पर्सामा सोमबार साँझ एक सय ६९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका  छन् ।  कोरोना जितेर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिकाको होम आइसोलेसनमा बसेका ९२ जना, सिद्धार्थ माविको सेमी आइसोलेसनमा बसेका ३३ जना र गोपालमण्डली धर्मशालाको सामुदायिक आइसोलेसनमा बसेका २१ जना छन् । 

यसैगरी होटेल विजय ज्योतिको सेमी आइसोलेसनबाट आठजना, गण्डक अस्थायी कोभिड अस्पतालबाट सातजना, होटेल बाटिकाको सेमी आइसोलेसनबाट तीनजना र पकाहा मैनपुर गाउँपालिकाकाे होम आइसोलेसनमा बसेका तीनजना पनि सोमबार कोरोनामुक्त भए ।

त्यस्तै वीरगन्जको कलवार धर्मशाला र जगरनाथपुर गाउँपालिकाको सामुदायिक आइसाेलेसनबाट एक-एकजना सोमबार नै कोरोनामुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनीहरूले कोरोना संक्रमण पुष्टि भएको १२ दिनमा कोरोना जितेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे तथ्यांकअनुसार हालसम्म पर्सामा दुई हजार चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक हजार आठ सय ३३ जना संक्रमित निको भएका छन् । हालसम्म काेराेनाकाे कारण ४३ जनाको मृत्यु भएको छ ।