मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ पौष ३ मंगलबार १६:३३:००
Read Time : < 1 मिनेट
समाचार

१२ दिनदेखि बालिका बेपत्ता

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ३ मंगलबार १६:३३:००

इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ १२ दिनदेखि बेपत्ता भएकी छन् । मङ्सिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएकी उनी बेपत्ता भएकी हुन् । 

२० गते बिहान विद्यालय गएकी बालिका बेलुका फर्केर घर नआएको उनकाे बुबा ओमबहादुरले जानकारी दिए । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य सुरू गरिएको बालिकाकी बुबाले बताए । 

बलिकाका परिवार, आफन्त र प्रहरीसमेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिए । बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् ।