१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मानदत्त रावल 
२०७५ माघ २० आइतबार ११:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

खडेरी र असिनाले क्षति पुगेका स्याउ कृषकलाई राहत

Read Time : < 1 मिनेट
मानदत्त रावल 
२०७५ माघ २० आइतबार ११:२२:००

खडेरी र असिनाले स्याउमा क्षति पुगेका जुम्लाका किसानलाई यो वर्ष भने राहत मिलेको छ । उनीहरूलाई स्याउको बिमाबाट राहत मिलेको हो । 

शनिबार शिखर इन्स्योरेन्स कम्पनीले स्याउमा क्षति बेहोरेका कृषकलाई बिमा रकम वितरण गरेको छ । पहिलो चरणमा सात कृषकलाई बिमा रकम प्रदान गरिएको कम्पनीका कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डेले बताए । उनीहरूलाई चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बिमा रकम हस्तान्तरण गरिन् । 

चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा, महेशदत्त देवकोटा, जंगबहादुर शाही र एकराज महतले स्याउको बिमाबापतको रकम पाएका हुन् । एक सय ६० बिरुवा बिमा गरेका रामकृष्णले ४७ हजार रुपैयाँ पाएको बताए । अन्य कृषकलाई पनि क्षति हेरेर बिमा रकम प्रदान गरिने पाण्डेले बताए । 

कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालकराम देवकोटाका अनुसार, २० हजारमध्ये १६ हजार घरधुरीको स्याउको बगैँचा रहेको छ । उनीहरूमध्ये यो वर्ष सात सय १६ स्याउ कृषकले बिमा गरेका छन् ।