मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ भदौ २९ सोमबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार १९:१९:००

नापी कार्यालय कास्कीको सहयोगमा पोखरा महानगरपालिकाले तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सोमबार प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा फेवातालको ऐतिहासिक पृष्ठभूमिदेखि हालको अवस्थिति, मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालगायतका विषय समेटिएको जिसीले बताए । 

हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतमलगायतको उपस्थिति रहेको थियो ।