मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २९ सोमबार १६:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग विस्तार गराैँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २९ सोमबार १६:१२:००

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको अध्ययक्ष तिमल्सिनाको सचिवालयले बताएको छ। सचिवालयको भनाइ छ, ‘भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो।’

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको बताएका थिए । त्यस्तै, दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तरव्यवस्थापिका संघलगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राखेका थिए।

अध्यक्षलाई उदृत गर्दै उनको सचिवालय भन्छ, ‘उहाँले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धजस्ता धेरै क्षेत्रमा दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।’

अध्यक्ष तिमिल्सिनाले नेपाली विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङलगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई धन्यवाद व्यक्त गरे।

भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।

दुई देशको संसदबीचको सहकार्य बढाउनुपर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने धारणासमेत राखेका थिए।