मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस सिन्धुपाल्चोक
२०७७ भदौ २९ सोमबार १३:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुम्थाङ पहिरो : मृतकको संख्या १३ पुग्यो, १८ बेपत्ता [अपडेट]

Read Time : < 1 मिनेट
रासस सिन्धुपाल्चोक
२०७७ भदौ २९ सोमबार १३:५७:००

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । 

शनिबार राति गएको पहिराेमा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान थप दुईजनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । 

उनका अनुसार आज बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिया विकको शव फेला परेको थियो । अझै १८ जना बेपत्ता छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तीनवटा टोली बनाई नेवारटोल, लामाटोल र विकटोलमा उनीहरूको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । 

जिल्ला विपत् व्यवस्थापन समितिबाट पीडित परिवारका लागि त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको र खाद्यान्नका लागि बाह्रबिसे नगरपालिकाबाट व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

विस्थापित ५८ परिवारलाई हिजो नै सुरक्षित स्थानमा राखिएको छ । पहिराेबाट २२ घर पूर्ण रूपमा क्षति भई ३१ जना बेपत्ता भएका थिए । आंशिक रूपमा क्षति भएका घरको लगत संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।