Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २९ सोमबार ११:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट सिराहाकी २७ वर्षीया महिलाको जनकपुरमा निधन

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार ११:४३:००

कोरोना भाइरसको संक्रमणबाट सिराहाकी एक महिलाको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा निधन भएको छ । 

सिराहाको कर्जन्हा नगरपालिकाकी २७ वर्षीया महिलाको प्रादेशिक कोभिड अस्पतालमा उपचारकोे क्रममा निधन भएको हो । 
ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना भएपछि श्वास फेर्न समस्या हुँदा आइतबार पिसिआर परीक्षण गरिएको थियो । 

पिसिआरको रिपोर्टमा पोजेटिभ देखिएपछि काव्या अस्पतालबाट कोभिड अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको प्रादेशिक कोभिड अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताए । 

डा. सिंहले ती महिलाको कोरोना संक्रमणका कारण नै निधन भएको बताए । 

प्रादेशिक कोभिड अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण नै निधन भएको यो पहिलो घटना भएको भन्दै डा. सिंहले अन्य निधन भएका संक्रमितहरू भने विभिन्न प्रकारका दीर्घरोगका कारण निधन भएको जनाए । 

मृतकको फोक्सोमा संक्रमण फैलिएर श्वास अवरुद्ध भएर मृत्यु भएको डा. सिंहले बताए । 

यससँगै सिराहा जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।