Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २९ सोमबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बञ्चरो प्रहार गरेर आमाको हत्या

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार १०:२५:००

झापाको कमल गाउँपालिकामा एक व्यक्तिले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् ।

कमल– ७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले ५० वर्षीया आमा मीरा ऋषिदेवलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सामान्य घरायसी विवादमै दिनेशले आइतबार राति आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

‘मादक पदार्थ सेवन गरेका उनले आमालाई बञ्चारो र ढुंगाले टाउको र खुट्टामा अन्धाधुन्द हानेर हत्या गरेका रहेछन्,’ उनले भने ।

हत्यामा संलग्न दिनेशलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेर अनुसन्धान गरिरहेको थापाले जानकारी दिए ।