मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २९ सोमबार ०५:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युनिक नेपाल लघुवित्तको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २९ सोमबार ०५:२८:००

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरका लागि मुक्तिनाथ क्यापिटल निष्कासन बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । 

सेयर निष्कासनसम्बन्धी सम्झौतामा युनिक नेपाल लघुवित्तका कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका थिए ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ९ करोड रुपैयाँ र चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई सेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् संस्थाको चुक्ता पुँजी ९ करोड रुपैयाँ हुने जनाइएको छ । 

यस वित्तीय संस्थाले बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लामा ३८ शाखा कार्यालयमार्फत ८२ हजार ८ सय ६५ विपन्न वर्गका महिलालाई समूहमा आवद्ध गरेको जनाएको छ ।

संस्थाले १ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह रहेको जनाएको छ ।