मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २९ सोमबार ०८:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकीमा सोमबार सात प्रहरीसहित १९ संक्रमित थपिए, एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार ०८:०३:००

सोमबार गण्डकी प्रदेशमा सात प्रहरीसहित १९ जना नयाँ  कोरोना संक्रमित थपिएका छन् ।

थपिएकासहित प्रदेशमा हालसम्म संक्रमितको संख्या दुई हजार नौ सय ९१ पुगेको छ । त्यस्तै सोमबार नै एक संक्रमितको मृत्यु भएको छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार कास्कीमा १७ र  बाग्लुङमा दुईजना संक्रमित थपिएको र  नवलपुरमा एकजनाको मृत्यु भएको हो । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । 

पोखरा महानगरपालिका– ४ र १७ मा कार्यरत सातजना नेपाल प्रहरीमा संक्रमण देखिएको हो । 

गण्डकीको नवलपरासीस्थित मध्यबिन्दु– १२ स्थायी घर भएका ६० वर्षीय पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको हो । उनी निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।