१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ २८ आइतबार १४:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ भदौ २८ आइतबार १४:३३:००

अविरल वर्षासँगै आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडकखण्डमा पर्ने सहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

करिब पाँच सय मिटर सडकमाथिबाट झरेको पहिरोले सडकको करिब ५० मिटर भाग पुरेको छ । पहिरो दिउँसो १ बजेसम्म पनि झरिरहेका कारण सडक खुलाउने काम अघि बढाउन नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । 

सडकमा पहिरो खस्न रोकिएपछि काम सुरु गरिने र काम सुरु गरे पनि करिब ५ घन्टा खुलाउनमा मात्रै समय लाग्ने उनले बताए ।

आइतबार बिहान ६ बजेको समयमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । कोरोना महामारीको समयमा सडकमा सवारीको चाप घटे पनि सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ । 

विशेषगरी बाग्लुङ, म्याग्दी र मुस्ताङमा उपचार हुन नसकेर पोखरा रिफर गरिएका बिरामीहरू समस्यामा परेका छन् ।