मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अर्जुन अधिकारी
२०७५ पौष ३ मंगलबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार

आवश्यकता बमोजिम अस्थायीमा कर्मचारी भर्ना गर्न स्वास्थ्यको निर्देशन

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ पौष ३ मंगलबार १६:२८:००

देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकता बमोजिम कर्मचारी भर्ना गर्न प्रदेश मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्स लगायतका महत्वपूर्ण पद खालि हुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो बढेपछि समस्या समाधान गर्न प्रदेशलाई अनुमति दिएको हो । स्वास्थ्य सचिव केदारबहादुर अधिकारीका अनुसार चिकित्सक, नर्सहरु अध्ययन बिदामा गएका कारण धेरै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएको छ । उनीहरुको पद रिक्त भएको ठाउँमा अस्थाई रुपमा आवश्यक कर्मचारी लिन प्रदेशलाई निर्देशन दिएको सचिव अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयको निर्देशनसंगै अध्ययन बिदामा गएर खाली रहेको स्थानमा नयाँ स्वास्थ्यकर्मी भर्ना लिने बाटो प्रदेशलाई खुलेको छ । स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी अभावको समस्या मन्त्रालयको यो निर्णयसंगै केही समाधान हुने अनुमान गरिएको छ । अस्थायी रुपमा भर्ना भएका कर्मचारीको ठाउँमा लोकसेवाबाट आएको खण्डमा स्वत नियुक्ति खारेज हुनेछ ।