मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ भदौ २८ आइतबार ०९:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक पहिरो : पाँच शव फेला, २७ बेपत्ता (अपडेट)

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ भदौ २८ आइतबार ०९:४४:००

बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङ भिरबाट आएको भीषण पहिरोमा पुरिएर हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  भिरखर्कका तीन र नागपुजेका दुईजना रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । 

नागपुजे गाउँस्थित बच्छलादेवी माविका शिक्षक बजिरसिंह भण्डारीले दिएको जानकारीअनुसार घुम्थाङ टुप्पोबाट आएको भीषण पहिरोले भिरखर्कमा रहेका २२ मध्ये २० घर लछारेर लगेको छ । गाउँ लछारेर गएको सो पहिरोले दुई सय मिटर तलको नागपुजे गाउँमा आठ घर पुरेको हो । 

राति सवा तीन बजे ठूलो आवाजमा पहिरो गएपछि नागपुजे गाउँका सबै स्थानीय भागेका थिए । पहिरो गएको स्थान भिरखर्कमा नौजना बेपत्ता छन् ।

पहिरोले पुरेको गाउँ नागपुजेमा १८ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी राखेको छ । मुख्य पहिरोसहित टोलैपिच्छे ससाना पहिरो गएकोले बेपत्ताको संख्या बढ्न सक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । 

पहिरो गएको स्थाननजिकै रहेको मलाती खोलाले घर बगाउँदा तीनजना घाइते भएका छन् । घाइतेलाई बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदै छ ।