मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ भदौ २८ आइतबार ०८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक पहिरो : तीनको शव फेला, २५ बेपत्ता, १८ घर पुरिए (अपडेट)

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ भदौ २८ आइतबार ०८:३६:००

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तीमा आठ घर र भिरखर्कमा कम्तीमा १० घर पुरिएका छन् । पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ । २५ जना बेपत्ता भएका छन् भने कम्तीमा १८ घर पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिएको जानकारीअनुसार नागपुजेमा पहिरोमा परेर बेपत्ता भएका तीनजनाको शव फेला परेको छ । यहाँ १४ जना बेपत्ता भएका छन् । यसैगरी भिरखर्कमा ११ जना बेपत्ता भएका छन् भने दुईजना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको प्रजिअ ढकालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।