१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २७ शनिबार १४:३१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मालीमा हतियारधारीद्वारा आठ सर्वसाधारणको हत्या

Read Time : < 1 मिनेट
२०७७ भदौ २७ शनिबार १४:३१:००

 मालीको मध्यक्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठजना सर्वसाधारण नागरिकको हत्या गरेकाे यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । 

मालीको मध्य क्षेत्रीय सहर बंकासनजिकैको एक गाउँमा हतियारधारीहरूले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठजना मारिएका र अरू तीनजना घाइते भएका बताइएको छ । 

सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर, बुधबार ती अज्ञात व्यक्तिहरू निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली बर्साएका थिए । 

उनीहरूले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेबीच त्रास फैलिएको थियो । 

उक्त हिंसा कसले र किन गरेको हो भन्नेबारेमा भने केही बताइएको छैन । रासस/एएनआई