मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार २२:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लकडाउनले डिजिटल डिभाइडको समस्या बढ्न सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार २२:१६:००

नेपालमा डिजिटल डिभाइडको समस्या आगामी दिनमा बढ्दै जाने देखिएको छ । कोभिड– १९ कारण भएको लकडाउनका कारण सहरी क्षेत्र र ग्रामीण क्षेत्रबीच इन्टरनेटको प्रयोगमा अन्तर बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा डाटाको व्यापक प्रयोग भए पनि कनेक्टिभिटीको समस्याले डिजिटल डिभाइडको समस्या बढ्न सक्ने ग्रामीण दूरसञ्चारविज्ञ पवन शाक्यले बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित भर्चुअल अन्तर्क्रियामा विज्ञ शाक्यले सहरमा सेवा छनोटको अवसर छ ।  कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । तर, गाउँमा कनेक्टिभिटी र कनेन्ट दुवैको अवस्था दयनीय रहेको उनले बताए । त्यसैले अब ग्रामीण क्षेत्रमा फोकस गर्नुपर्ने उनले बताए । यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो रूप लिने उनको अनुमान छ । 

यस्तै नेपाल टेलिकममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी भेकमा प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए । धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन् जहाँ अप्ठयारो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

कन्टेन्टमा लगानीको आवश्यक
दूरसञ्चार क्षेत्र विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अब कन्टेन्टतर्फ पनि लगानी विस्तार गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । कोभिड– १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकाले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको उनीहरूले बताएका छन् ।  

ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । 

टिकटकको प्रयोग बढ्दा व्यान्डविथ व्यवस्थापनमा धौधौ
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा टिकटकको प्रयोग बढेपछि सेवा प्रदायकलाई व्यान्डविथ व्यवस्थापनमा धौधौ भएको बताए । त्यसैले यसको व्यवस्थापनमा नियामनकारी निकायले विकल्प खोज्न उनले सुझाए । उनका अनुसार यो अवधिमा इन्टरनेट व्यान्डविथ खपत ४० प्रतिशतसम्म वृद्धि भएको छ । 

यस्तै, दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले टिकटकको प्रयोगबारे छिट्टै केही ठोस निर्णय लिने बताए । ‘राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा के हुन्छ ? नेपालमा प्रवेश गरेर सीधै सेवा दिने सम्बन्धमा पनि अध्ययन भइरहेको छ,’ उनले भने । 

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङ कोभिडपछि ग्राहकमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए । डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी कार्यक्रमहरू ल्याउने उनले जानकारी दिए । उनको कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकमसमेत उपलब्ध गराएको बताए । उनले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्कुल शिक्षा, स्वास्थ्य सामग्री, कोभिडसम्बन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरूलाई सिमकार्ड वितरण गरेको बताए ।